भूमिहिन बासिन्दाले महानगर घेर्दै भने, ‘मेयरसाब’ तपाई मेयरसाँप हुनुभो’
पाेखरा | साउन ९, २०७९
पोखरा: अखिल नेपाल भूमिहिन सुकुम्बासी संघले आज विरोध जनाउँदै पोखरा महानगर घेराउ गरेको छ ।
सुकुम्बासीमाथि पोखरा महानगरले ज्यादती गरेको भन्दै अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले आज (सोमबार) पोखरा महानगरपालिकाको कार्यालय घेराउ गरेको हो ।
नेकपा (बिप्लव समुह) कास्कीका सचिव काजी गुरुङले आन्दोलनमा बोल्दैे मेयरको कार्यशैली न्यायचित नभएको तर्क राखे । उनले मेयरले पोखरेली नागरिकहरुलाई समान व्यवहार नगरको बताउदै भने, ‘आदरणीय मेयरसाब तपाई मेयरसाब हैन मेयरसाँप हुनु भो । हामी सुकुम्बासीमाथी दानवीय दृष्टिकोण राख्नुभो । ठुला पदमा बसेर हामीलाई विभेद गर्नुभो, उनले थपे ‘हामीलाई गरिखान दिइएन । हाम्रो जग्गा जमिन खोसियो र हामिले उब्जाएको तरकारीमा बुट प्रहार गरियो । यो हामीलाई सहनीय छैन ।’
गुरुङले भूमिहिन सुकुम्बासीहरुमा मेयरको निरन्तर पक्षघाति दृष्टिकोण रहेको जनाउँदै उनले भने, ‘तपाइले माक्र्सवाद, लेनीनवाद पढ्नु भएकोछ र यदि तपाई समाजवादी मेयर हो भने आदरणीय मेयरसाब तपाई धनी धनराज भएर हैन, सेवक धनराज भएर जनताको समस्यामा गम्भिर हुनुहोस् ।’
आन्दोलनमा नालायक करोडपति मेयर मुर्दावाद, बास, गाँस, कपासको ग्यारेन्टि गर, सुकुम्बासीको अधिकारको रक्षा गर, लगायतका नारासहित महानगर अगाडी प्रदर्शन गरिएको थियो ।
पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरु बल प्रयोग गरि हटाएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

